साउदी अरेबिया – चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि हात पारेको छ । रियललाई ३–१ गोलले हराउँदै जाभीले म्यानेजरको रूपमा पहिलो उपाधि हासिल गरेका हुन् ।
दोस्रो हाफमा गाभीले पेड्रीका लागि गोलको अवसर सिर्जना गरे । खेलको अन्त्यतिर करिम बन्जेमाले सान्त्वना गोल फर्काए । रियलका गोलकिपर थियाबट कोर्टवाले बार्साका थुप्रै प्रयासहरूलाई असफल बनाएका थिए । जीतसँगै बार्साले सबैभन्दा प्रतियोगितामा अपराजित यात्रालाई ९ खेल पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्