पीएमजीओ फाइनलको पहिलो दिन नेपाली टोली होरा ईस्पोर्ट्स शीर्ष स्थानमा, उपाधि सम्भावना बलियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ कार्तिक २०८३, आईतवार
2 Min Read
Aa

काठमाडौं – पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) सिजन २ फाइनलको पहिलो दिन नेपाली टोली होरा ईस्पोर्ट्स ५७ अंकसहित तालिकाको शीर्ष स्थानमा पुग्न सफल भएको छ।

पाकिस्तानको लाहोरमा सञ्चालन भइरहेको यस विश्वस्तरीय प्रतियोगिताको पहिलो दिन कुल ६ खेल खेल्दै होराले एक ‘चिकेन डिनर’ सहित ५७ अंक जोडेर उत्कृष्ट प्रदर्शन गरेको हो। पहिलो दिनकै सन्तुलित खेलका कारण नेपाली टोलीले उपाधि जित्ने आफ्नो सम्भावनालाई निकै बलियो बनाएको छ।

- Advertisement -
Ad image

प्रतियोगितामा होरा ईस्पोर्ट्सलाई पछ्याउँदै यूएलएफ ५३ अंकका साथ दोस्रो स्थानमा छ भने अल्टर इगो ४८ अंकसहित तेस्रो स्थानमा रहेको छ। त्यस्तै, एकेजी ४४ अंकका साथ चौथो र मङ्गोल्ज ४१ अंक जोड्दै पाँचौँ स्थानमा रहन सफल भएका छन्।

प्रतियोगिताको नियमानुसार उपाधि रक्षाका लागि ‘स्म्याश रुल’ लागू गरिएको छ, जस अन्तर्गत ६७ अंकको म्याच पोइन्ट थ्रेसहोल्ड तोकिएको छ। फाइनलको अन्तिम दिन आईतबार बाँकी रहेका ६ खेलहरूमा कुनै पनि टोलीले पहिले ६७ अंकको यो थ्रेसहोल्ड पार गर्नुपर्नेछ र त्यसपछि हुने कुनै पनि खेलमा चिकेन डिनर प्राप्त गरेमा उक्त टोली प्रतियोगिताको विजेता घोषित हुनेछ।

होरा ईस्पोर्ट्सले आईतबारको पहिलो खेलमा थप १० अंक जोडेर सहजै ६७ अंकको थ्रेसहोल्ड पार गर्ने लक्ष्य राखेको छ, जसले गर्दा त्यसपछिको खेलमा चिकेन डिनर निकाल्दै ऐतिहासिक विश्व उपाधि नेपाल भित्र्याउन सहज हुनेछ।

दक्षिण एसियाली छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल मञ्चमा पुगेको नेपाली टोलीको यो दमदार सुरुवातले विश्वभरका नेपाली इस्पोर्ट्स फ्यानहरूमा ठूलो उत्साह जगाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्