काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
आठ टोलीको सहभागिता रहने यस संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् ।
प्रतियोगितामा उपाधि जित्ने टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो हुने टोलीले ८० लाख रुपैयाँ पाउनेछ । यसैगरी, प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीलाई ४० लाख र चौथो स्थानमा रहने टोलीलाई ३० लाख रुपैयाँ प्रदान गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्