संघीयता खारेजी गर्ने भनेर भोट मागेका राप्रपाका महामन्त्री बागमतीको सभामुखमा निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं–
जसले संघियता खारेज गर्छु भनेर निवार्चनमा भोट मागे उनै व्यक्ति बागमती प्रदेशसभाको सभामुख भए । शुक्रबार प्रदेशसभामा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार राप्रपाका महामन्त्री भुवन पाठक निर्वाचित भएका छन् । पाठक ६२ मतका साथ निर्वाचित भएका हुन् ।
संघीयता खारेजी, हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापनाको मुख्य एजेण्डा बोकेको पार्टीमा आफ्नो उर्बर समय ब्यतित गरेका पाठकले अब प्रदेशसभालाई प्रभावकारी बनाउन समन्वयनकारी भूमिका खेल्नुपर्नेछ ।
२७ सिट जितेको एमाले र २१ सिट जितेको माओवादीले मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति गर्दा राप्रपाले सभामुख पाएको हो ।
तर प्रदेशसभामा प्रष्ट बहुमत भएको सत्ता गठबन्धनका उम्मेदवार पाठक ६२ मतका साथ निर्वाचित भए । उनको विपक्षमा ४९ मत खसेको छ भने ७ जना तटस्थ बसेका छन् । सरकारलाई समर्थन गरेको एकीकृत समाजवादीका ७ प्रदेशसभा सदस्य सभामुखको निर्वाचनमा भने तटस्थ बसेका हुन् ।

सभामुख निर्वाचित भएपछि पाठकले अनलाइनखबरसँग भने, ‘म पूर्ण तटस्थताका साथ आफ्नो भूमिका निर्वाह गर्छु, प्रदेशसभा सबै राजनीतिक दलको साझा थलो हो, म कुनै पक्ष विपक्षीमा नलागी राजनीति भन्दा माथि उठेर काम गर्छु ।’

- Advertisement -
Ad image

उनले आफू राजनीतिबाट मुक्त भएर काम गर्ने र प्रदेशसभाको गरिमा बढाउने, जनताको पीरमर्का र जनजीविकाको आवाज उठाउने थलोको रुपमा प्रदेशसभालाई अघि बढाउने बताएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्