काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीको नेतृत्व गर्दै उपप्रधानमन्त्रीसहित सात दलीय गठबन्धन सरकारमा सहभागी हुन लागेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार र बिहीबार भएको मन्त्रालय भागबन्डासम्बन्धी छलफलमा भागबन्डाबारे सहमति भएको राप्रापाले बताएको छ । ओली र प्रचण्डबीचको छलफलमा राप्रपाले मागे अनुसार उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय दिनेबारेमा सहमति जुटेको जानकारी दिइएको छ । राप्रपाले ऊर्जासहितका मन्त्रालय माग गरेको छ । ‘
राप्रपाको माग अनुसार नै सरकारले पृथ्वी जयन्तीमा बिदा दिएको थियो भने भ्रष्टाचार र सार्वजनिक सेवा प्रवाहलगायतका विषयमा पनि नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ ।
१४ सिट रहेको राप्रपाबाट लिङ्देनबाहेक अरु को–को मन्त्री बन्ने भन्नेबारेमा भने स्पष्ट भएको छैन । पुस १० गते प्रचण्डले १७० सांसदको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गर्दा राप्रपाले पनि समर्थन गरेको थियो । समर्थन गरे पनि सरकारमा जाने कि नजाने भन्नेमा सो पार्टीमा तीव्र बहस हुँदै आएकामा अन्ततः सरकारमा जाने निर्णय गरेको थियो । प्रचण्डले पुस २६ मा २६८ सांसदको विश्वासको मत पाएसँगै मन्त्रपरिषद्लाई पूर्णता दिन लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्