अत्तरिया– नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनमोहन स्वाँर सर्वसम्मत निर्वाचित भएका छन्। बुधबारदेखि सुरु भएको प्रदेशको प्रथम अधिवेशनबाट स्वाँरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
युनियनको उपाध्यक्ष (खुल्ला) मा टेकेन्द्र देउवा, महिला उपाध्यक्षमा गीता कुँवर र समावेशीमा जगत खड्का सर्वसम्मत चयन भएका छन् । प्रदेश समितिको महासचिवमा हरिश भट्ट, सचिव खुल्लामा राजेन्द्रबहादुर रोकाया, महिला सचिवमा वन्दना बम र समावेशी सचिवमा भीमबहादुर चौधरी चयन भएका हुन् । कोषाध्यक्षमा वीरबहादुर गडाल चयन भएका छन् ।
यस्तै कृतबहादुर विष्टको संयोजकत्वमा लेखा समितिमा दुई सदस्य चयन भएका छन् । लेखासमिति सदस्यमा नवराज पनेरू र गगन अयडी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्