साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश घोषणा, बोनस र नगद कति ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको पुस २८ गते विहान बसेको बैठकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

- Advertisement -
Ad image

काराेबार अवधिमा लाभांशकाे सूचना सार्वजनिक गरेको भन्दै नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।

कम्पनी सञ्चालक समितिको बिहीबार बिहान ८ः३० बजे बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको थियो । तर कम्पनीले बजार खुले पछि मात्रै नेप्सेमा जानकारी गराएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्