बोरामा पैसा लगेर चुनाव जितेकाहरु खर्च उठाउन सरकारमा गए : चित्रबहादुर केसी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ पुष २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बोरामा पैसा लगेर चुनाव जितेकाहरु खर्च उठाउन सरकारमा गएको आरोप लागेका छन्। अध्यक्ष केसीले बोरामा पैसा लगेर चुनाव जितेर आएकाहरु सरकारमा खर्च उठाउन आएको आरोप लगार्का हुन्।  उनले सरकार प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै संकटमा जानसक्ने आशंका पनि व्यक्त गरेका छन्।

केसीले बोरामा पैसा लगेर चुनाव जितेर आएकाहरुबाट सरकारमा नगई, देशको प्राकृतिक श्रोत, साधनको दोहन नगरी चुनावको खर्च नउठ्ने भएकाले सबै एक
ठाउँमा जम्मा भएको हुनसक्ने बताए।

- Advertisement -
Ad image

उनले भने, ‘नेपालमा आज विचित्र के भयो भने भएभरका सबै सरकारमा सामेल हुने, सरकारलाई समर्थन गर्ने भनेर लागेका छन्, यहाँभन्दा हाइसन्चो अरु के हुन्छ रु सत्ता पक्षमा बस्नेलाई यहाँ भन्दा आनन्द के हुन्छ रु यो कुन किसिमको समर्थन हो । मैले बुझ्न सकिन । आफ्ना गल्ती पन्छाउन र एउटालाई सरकारबाट पन्छाएर आफू आउने खेल त होइन यो । यसो गरेर देश बन्छ रु सरकार चल्छ रु यस खालको दृश्य डरलाग्दो छ ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्