प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन, सर्वोच्चले भनेपछि ठूलो स्वर नगरे हुन्छ: माधव नेपाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसद विघटनलाई कहिले पनि संवैधानिक भन्न नसकिने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
‘गिरिजाप्रसादको पालामा विघटन भएको २०५१ मा हो। २०५८ मा विघटन हुँदा देउवाको सरकार थियो’, उनले भने, ‘उहिले राणाकालमा पनि संविधान बन्यो, त्यसपछि पनि बनेको थियो। तर संसद विघटन सही हुन सक्दैन। संसद विघटनमा आत्मआलोचना गर्लान् भनेको त झन् पो गर्जिए त!’

नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै संसद विघटन वैधानिक हुनै नसक्ने बताए। ‘प्रधानमन्त्री पद जोगाउनै पर्यो भन्ने होला भनेको त, तर हामी अब त्यस्तो गोलचक्करमा नफसौँ। प्रधानमन्त्रीलाई आफूखुसी संसद विघटन गर्ने अधिकार छैन। सर्वोच्च अदालतले भनिसकेपछि पनि अझै स्वर ठूलोको अर्थ छैन।’

- Advertisement -
Ad image

उनले संसद विघटन गर्न पाइँदैन भन्ने प्रबन्ध हाम्रो संविधानमा भइसकेको पनि बताए। ‘अर्को सरकार बनाउने विकल्प हुन्जेल कसैको लहडको भरमा संसद विघटन गर्न पाइँदैन’, उनले भने, ‘संसद विघटन गलत थियो, त्यो प्रतिगामी कदम नै हो। महसुस त हुनुपर्यो महसुस छैन।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्