चितवनमा दम्पती मृत भेटिए, प्रहरीले थाल्यो अनुसन्धान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ –  चितवनको भरतपुर महानगरपालिका–२९ मा एक दम्पती मृत भेटिएका छन् । भरतपुर–२९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाउँमा २७-२८ वर्षका प्रेम रानामगर झुण्डिएको र उनकी श्रीमती २४-२५ वर्षकी शान्ति रानामगर भुइँमा मृत भेटिएका हुन् ।

अहिले प्रहरी घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गर्ने र अनुसन्धान गरिरहेको छ ।

- Advertisement -
Ad image

मृतक प्रेमबहादुरले कुटपिट गरेर श्रीमतीको हत्या गरेपछि आफूले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयहरुले बताएका छन् । उनीहरुका बीचमा घरमा झैझगडा भइरहने गरेको एक स्थानीयले जानकारी दिएका छन् । प्रेमबहादुर ज्याला मजदुरी गर्दथे भने श्रीमती गृहणी थिइन् । उनीहरुको एक छोरा छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्