सिरहा झडपमा पेट्रोल बम प्रहार, डीएसपी वलीसहित आठ प्रहरी घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – सिरहाको मिर्चैया–३ स्थित सागरमाथा माविमा कक्षा–८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडकोे ढुंगामुढाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीसहित आठ प्रहरी घाइते भएका छन् ।

आइतबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया बजार क्षेत्रमा सडक जाम खुलाउने क्रममा पटक–पटक झडप भएको थियो । भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रुग्यास र गोली समेत चलाउनुपरेको थियो । झडपका क्रममा आन्दोलनकारीले पेट्रोल बमसहित ढुंगामुढा प्रहार गरेको मिर्चैया प्रहरी कार्यालयले जनाएको छ ।

- Advertisement -
Ad image

आन्दोलकारीको प्रहारबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामकुमार चौधरी गम्भीर घाइते भएको डीएसपी वलीले जानकारी दिए ।

चौधरीको उपचारका लागि काठमाडौं रेफर गरिएको र अरूको स्थानीय मंगलम अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्