ज्योति विकास बैंकको लाभांश घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं  – ज्योति विकास बैंकले ६.८ प्रतिशत लाभांश घोाषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र करसहित ३.८० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र ज्योतिको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । बैंकले हाल कायम ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार उक्त लाभांश प्रस्ताव गरेको हो । गत वर्ष बैंकले ११ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्