आजको मौसम: तीन प्रदेशका पहाडी भू–भागमा आंशिक बदली, शीतलहरले जनजीवन प्रभावित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – देशका तीन प्रदेशका पहाडी भूभागमा आज दिउँसो आंशिक बदली रहने पूर्वानुमान छ । अहिले पहाडी भू–भागमा मौसम सामान्यतया सफा छ । तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य  प्रभाव छ ।

- Advertisement -
Ad image

दिउँसो प्रदेश नम्बर–१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्