बारा २ बाट जसपाका रामसहाय यादव विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार यादवले १३ हजार आठ सय २२ मत प्राप्त गरेका छन्।

- Advertisement -
Ad image
त्यसैगरी उनका निकटतम नेकपा (माओवादी केन्द्र) का शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार चार सय ६८ मत पाएका छन्। उनीहरु बीच तीन सय ५४ मतान्तर रहेको छ।

खरायो चिन्ह पाएका स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादव ११ हजार ४३ मत प्राप्त गरेर तेस्रो भएका छन्।

बारा–२ मा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाल पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल सुसासन पार्टी र स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दिएका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्