काठमाडौँ – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले हार स्वीकार गरेका छन् । गुल्मी १ बाट कांग्रेसका चन्द्र भण्डारीसँग पराजित भएपछि उनले । प्रतिकूल परिणामको जिम्मेवारी आफ्नो काँधमा लिने बताएका छन्।
उनले आफूलाई निर्वाचनमा सहयोग गर्नेलाई धन्यवाद दिँदै फेशबुकमा लेखेका छन्, ‘अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु । प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरु रहन गए, समयक्रममा समिक्षा हुने नै छ ।’
उनले आफू संसद भवन भित्र पुग्न नसके पनि मुलुक र आन्दोलनको उज्ज्वल भविष्यप्रति निरन्त काम गर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्