रुपन्देही–३ मा जनमुक्ति पार्टीको समर्थन बालकृष्ण खाँणलाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – अगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँणलाई जनमुक्ति पार्टीले पनि समर्थन गरेको छ ।

भैरहवामा आयोजित एक कार्यक्रममा रुपन्देही–३ को जनमुक्ति पार्टीका उम्मेदवार मोजिब अलीले पार्टी र व्यक्तिगत रुपमा नेपाली कांग्रेस (गठबन्धन) का उम्मेदवारलाई सर्मथन गर्दै आफ्नो उम्मेदवारी निष्कृय बनाएको घोषणा गरे ।

- Advertisement -
Ad image

रुपन्देही–३ मा जनमुक्ति पार्टीको करिब तीन हजार मत छ । गठबन्धनको तर्फबाट रुपन्देही–३ मा नेपाली कांग्रेसका केन्दीय सदस्य एवं गृहमन्त्री खाँण उम्मेदवार छन् ।

रुपन्देहीमा पाँच दलीय गठबन्धन र जनमुक्ति पार्टीबीच प्रतिनिधिसभा र प्रदेशसभामा तालमेल गरेर अघि बढ्ने सहमति भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले बताए ।

उनका अनुसार जनमुक्ति पार्टीले रुपन्देहीको निर्वाचन क्षेत्र १, ३, ४, ५ बाट प्रतिनिधिसभा सदस्य र २ (क), २ (ख) र ३ (ख) मा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवारलाई तथा गठबन्धनले रुपन्देही २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका जनमुक्ति पार्टीका उम्मेदवारलाई सर्मथन गर्ने भएको छ ।

जनमुक्तिले समर्थनले जिल्लामा गठबन्धनका उम्मेदवारहरु सहजै विजयी हुने सभापति खाँणको दावी छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्