नवलपुरमा बस दुर्घटना, पाँच जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नवलपुरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मनकामना दर्शन गर्न जाँदै गरेको बस नवलपुरमा दुर्घटना भएको हो । पाल्पाबाट गोरखाको मनकामनाका दर्शन गर्नका लागि तिर्थालु बोकेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २५ जना घाइते भएका छन् । अहिले घाइतेको उद्धार भइरहेको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए

- Advertisement -
Ad image

इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो । दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्