काठमाडौं–
कालिकोटको तिलागुफा नगरपालिका १० रानावाडामा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । विस्फोट हुँदा ४ वर्षीया झरना थापाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताएका छन् । घटनामा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा तथा ४ वर्षकी सरस्वती राना गम्भीर घाइते भएको जनाकारी दिएको छ।
विष्फोटनमा परी गम्भीर घाइते भएकाको उद्धार तथा उपचारमा कुनै कमी हुन नदिन गृह प्रशासनलाई निर्देशन गृहमन्त्री बालकृष्ण खाणले दिएका छन् ।
गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाको हेलिकप्टर कालिकोट पुगेर घाइतेको उद्धार गरी सुर्खेत पठाइएको जानकारी दिएको छ । नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइते भएका बालबालिकाको थप उपचारका लागि सुर्खेत लगिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्