गगन थापालाई निर्वाचन आयोगले सोध्यो पुनः स्पष्टीकरण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ  -नेपाली कांग्रेसका काठमाडौं–४ का उम्मेदवार गगन थापालाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ । आयोगले पहिलो पटक सोधेको स्पष्टीकरणका बारेमा थापाले सार्वजनिक कार्यक्रममार्फत दिएको जवाफलाई लिएर पुनः स्पष्टीकरण माग गरिएको आयोगका एक अधिकारीले बताएका छन ।

गत हप्ता ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौ भनी सामाजिक सञ्जालमा सूचना राखेको विषयमा थापालाई आयोगले स्पष्टीकरण सोधेको थियो । थापाले सो विषयलाई लिएर एक सार्वजनिक कार्यक्रममार्फत ‘यस्तो गल्ती बारम्बार गर्छुु’ भनी अभिव्यक्ति दिएको भन्दै आयोगले पुन: स्पष्टीकरण सोधेको हो ।

- Advertisement -
Ad imageAd image

आयोग स्रोतले भन्यो, ‘उहाँलाई स्पष्टीकरण सोध्ने निर्णय भइसकेको छ, तत्काल पत्र तयार गरेर पठाउने तयारी छ ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्