मिथिलाञ्चलमा आजदेखि विधिवत रुपमा छठ पर्व सुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – मिथिलाञ्चलको सबैभन्दा ठूलो पर्व छठ शुक्रबारदेखि विधिवत रूपमा सुरु भएको छ। चार दिनसम्म मनाउने छठको पहिलो दिन आज जीउ शुद्ध गर्न नुहाउने दिन हो-जसलाई ‘नहाय-खाए’ भनिन्छ।

जनकपुरधामसहित तराई मधेसमा छठका व्रतालुहरू नुहाएर ‘अरबा अरबाइन’ खान्छन्। मरुवा, मसुराको दाललगायत प्याज लसुन शुक्रबारदेखि पर्व सम्पन्न नभएसम्म त्याग गर्नुपर्छ।

- Advertisement -
Ad image

छठका लागि घाटको सरसजावट अन्तिम चरणमा पुगेको छ। स्थानीयहरू पोखरी, नदी, कुवा लगायतका स्थानलाई झकिझकाउ बनाउँदैछन्।

त्यस्तै छठको दोस्रो दिन शनिबार दिनभर उपवास बसी राति खिर बनाई देउतालाई चढाएर व्रतालुहरू खान्छन्, यस विधिलाई ‘खरना’ भनिन्छ।

त्यस्तै, छठको मूल दिन आइतबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट सोमबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिई छठ पर्वको विधिवत रूपमा समापन गरिन्छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्