हेटौंडाको मुख्य बजार क्षेत्र टीसीएनमा रहेको तरकारी बजारमा आगलागी भएको छ ।
एक होटलबाट सल्किएको आगोले तरकारी बजारमा आगो फैलिँएको बताइएको छ । तरकारी बजारमा टिन र काठले बनाइएका छाप्रा रहेका, होटलमा ग्यासका सिलिण्डर पनि भएको र ती सिलिन्डर पड्किँदा आगो निभाउन केहि समस्या भएको प्रहरीले जनाएको छ ।
प्रहरी, दमकल र स्थानीयबासिन्दाको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्