काठमाडौँ — डकवर्थ लेविस नियम अनुसार बुधबार टी –२० विश्वकपमा आयरल्यान्डसँग इंग्ल्यान्ड पराजित भएको छ । वर्षाले प्रभावित खेलमा आयरल्याण्ड ५ रनले विजयी भएको हो । वर्षाले खेल रोकिँदा इंग्ल्यान्डले पाँच विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।
यस अघि पहिले ब्याटिङ गरेको आयरल्यान्डले १९.२ ओभरमा सवै विकेट गुमाउदै १ सय ५७ रन बनाएको थियो । आयरल्यान्डका लागि एन्डी बालबिरनीले ४७ बलमा ६२ रन यस्तै, लोरकन टकरले ३४ रनको योगदान दिए । इंग्लिस बलर मार्क उड र लायम लिभिङस्टोनले तीन/तीन विकेट लिए ।
इंग्ल्यान्डका लागि डाबिड मलानले ३७ बलमा ३५ रन र मोइन अलीले १२ बलमा २४ रन बनाए । यो नतिजापछि आयरल्यान्ड सुपर–१२ को ग्रुप–१ मा पहिलो जित निकाल्न सफल रह्यो ।


प्रतिक्रिया दिनुहोस्