सडकमा शङ्कास्पद बस्तु भेटिएपछि पूर्व-पश्चिम राजमार्ग सिल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ कार्तिक २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं – चितवनको भरतपुरमा सडकमा शङ्कास्पद बस्तु भेटिएपछि पूर्व-पश्चिम राजमार्ग सिल गरिएको छ।

चितवन प्रहरीका अनुसार भरतपुरको चितवन मेडिकल कलेजनजिकको सडकमा दिउँसो साढे दुई बजेतिर शङ्कास्पद बस्तु भेटिएको हो।

- Advertisement -
Ad image

उक्त बस्तु बम हुन सक्ने आशङ्कामा प्रहरीले राजमार्ग सिल गरेर सवारी साधनलाई वैकल्पिक बाटोबाट पठाइरहेको छ। शङ्कास्पद बस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्