माओवादी केन्द्रको दोलखा इन्चार्जमा विशाल खड्का चयन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रको दोलखा जिल्ला इन्चार्जमा विशाल खड्का चयन भएका छन् । पार्टी पोलिटब्युरो सदस्य देवी खड्काले इन्चार्जबाट राजीनामा दिएपछि विशालले जिम्मेवारी सम्हालेका हुन् ।

माओवादी पार्टीले विशाललाई केही दिन जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो । दोस्रो संविधान सभा चुनावमा पराजित भएका खड्का २०७४ सालको चुनावमा दोलखा‘क’ निर्वाचित भएका थिए । हाल बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री छन् ।

- Advertisement -
Ad image

यो चुनावमा विशाल खड्का,देवी खड्का र गंगा कार्कीले प्रतिनिधि सभा टिकटमा आकांक्षा राखेका थिए । अन्तमा कार्कीले टिकट पाएपछि देवी खड्का असन्तुष्ट रहँदै आएकी थिइन् । विशाल खड्का सहिद रितबहादुर खड्का भाइ हुन ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्