२०७९ कार्तिक ८ मंगलवार, २०२२ अक्टोवर २५
मेष
व्यवसायका लागि यात्राको सम्भावना पनि छ । प्रिय व्यक्तिबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
मिथुन
मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ, तर आशीर्वादले काम गर्नसक्छ ।
सिंह
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
तुला
मन खिन्न हुने स्थिति आउनसक्छ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल भने गर्नुपर्नेछ ।
धनु
सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति पनि हात पर्ला ।
कुम्भ
मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।
बृष
आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वैदेशिक कार्य अघि बढ्नेछ ।
कर्कट
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्र बाट विशेष सहयोग पाइनेछ ।
कन्या
दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
बृश्चिक
बोलीको प्रभाव पनि बढ्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।
मकर
महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ ।
मीन
राजनैतिक कार्यमा सफलता मिल्नेछ ।


प्रतिक्रिया दिनुहोस्