बालाजुको जुत्ता कारखानामा भीषण आगलागी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ कार्तिक २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं – काठमाडौंको बालाजुमा भीषण आगलागी भएको छ । बालाजुस्थित लोलाङ हाइटमा एक जुत्ता कारखानामा आगो लागेको प्रहरीले जनाएको हो ।

आगो निभाउन सैनिक, प्रहरी र सशस्त्र प्रहरीको टोली दमकलसहित परिचालित भएका छन् । घटनास्थलमा ४ दमकल र आधा दर्जन पानी ट्यांकर पुगेका छन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्