काठमाडौँ – लोकतान्त्रिक बाम गठबन्धन दलले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का २१ वडामा संयूक्त चुनावी प्रचार–प्रसार गर्ने भएको छ । कार्तिक १२ गतेदेखि सबै वडामा चुनावी प्रचार–प्रसार गर्ने सोमबार बसेको क्षेत्रीय समितिको बैठकले निर्णय गरेको हो ।
निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली काँग्रेस क्षेत्र नम्बर ५ का सभापति भिम पडालको अध्यक्षतामा बसेको बैठकले क्षेत्र नम्बर ५ मा गठबन्धन दलका प्रतिनिधि सभा उम्मेदवार र प्रदेश सभाका उम्मेदवारसहित चुनावी प्रचार–प्रसार गर्ने गरि कार्यतालिका बनाएको जनाइएको छ ।
यस्तै प्रदेश सभा ‘ख’ अन्र्तगत १३ गते धनगढी उपमहानगरपालिका १ नम्बर, १६ गते २ नम्बर, १८ गते ४ र १३ नम्बर, २० गते ५ नम्बर, २२ गते ३ नम्बर, २४ गते ६ नम्बर र २६ गते ११ नम्बर वडामा संयूक्त चुनावी प्रचार–प्रसार गर्ने निर्णय भएको संयोजक पडालले बताए ।
बैठकमा नेपाली कांग्रेस केन्द्रिय सदस्य नृपबहादुर वड, नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्ट, नेकपा एकीकृत पार्टीका जिल्ला सचिव एकमबहादुर क्षेडाल, नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य सुरेन्द्र सुनार लगायत नेपाली काँग्रेसका सचिव, नेकपा एसका प्रतिनिधि, नेकपा माओवादी केन्द्रको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्