गठबन्धनको संयुक्त प्रदेशस्तरीय भेला आज सुदूरपश्चिम र कर्णालीमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – सत्तारुढ गठबन्धनले आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा चुनावलक्षित संयुक्त भेला गर्दै छ।सुदूरपश्चिमको धनगढीमा बिहान ११ बजे हुने कार्यक्रमको नेकपा माओवादीले समन्वय गर्नेछ। यस्तै कर्णालीको सुर्खेतमा हुने भेला नेपाली काँग्रेसको समन्वयमा हुँदै छ।

दुवै ठाउँको भेलालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ। भेलामा सम्बोधन गर्न प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता धनगढी र सुर्खेत पुग्दै छन्।

- Advertisement -
Ad image

शुक्रबारदेखि प्रदेशस्तरीय संयुक्त भेला सुरु गरेको गठबन्धनले प्रदेश १, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा भेला गरिसकेको छ।

सोमबार माओवादी केन्द्रको समन्वयमा काठमाडौंमा संयुक्त भेला गर्ने तयारी छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्