सत्तारूढ गठबन्धनले देश बेच्नेछ : केपी ओली

ओलीले यो सत्ता गठबन्धन राष्ट्रिय हित बिपरितको, स्वाधिनता र स्वाभिमान नभएको भन्दै भने ‘अलिकति हिस्सा बेच्छन्, अलिकति अंश बेच्छन्, अलिकति हित बेच्छन्, अलिकति तल पार्छन् । स्वाधीनता बेच्छन्, स्वाभिमान बेच्छन् । सार्वभौमसत्ता बेच्छन् । अंश अंश गरेर अन्तत पुरै देश बेच्छन् ।’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले किस्ता किस्ता गरेर देश बेच्ने आरोप लगाएका छन् ।

तिहारका अवसरमा एमाले ललितपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने,‘सिङ्गै देश ढ्वाक्कै लगेर भण्टा, टमाटर सिमी बेचेजस्तो तराजुमा लगेर बेच्न नसक्लान् तर, अंश अंश गरेर देश बेच्छन् । सत्ता स्वार्थका लागि यिनीहरू देशपनि बेच्न तयार हुन्छन् । यिनीहरूको कुरा किन गर्ने?,’

- Advertisement -
Ad image

ओलीले यो सत्ता गठबन्धन राष्ट्रिय हित बिपरितको, स्वाधिनता र स्वाभिमान नभएको भन्दै भने ‘अलिकति हिस्सा बेच्छन्, अलिकति अंश बेच्छन्, अलिकति हित बेच्छन्, अलिकति तल पार्छन् । स्वाधीनता बेच्छन्, स्वाभिमान बेच्छन् । सार्वभौमसत्ता बेच्छन् । अंश अंश गरेर अन्तत पुरै देश बेच्छन् ।’

यस्तै अध्यक्ष ओलीले सत्ता गठबन्धनले सत्ता प्राप्तिलाई नै अन्तिम उद्धेश्य बनाएको आरोप लगाए । स्वाधीनता,स्वाभिमान,सार्वभौमसत्ता सवै बेचिसकेको आरोप सत्ता-गठबन्धनलाई लगाउदै धाँधली गरेर निर्वाचन जित्न रणनीतिमा सत्ता-गठबन्धन रहेको दाबी गरे ।

देशलाई स्थिरता र स्थायित्व हुन नदिने गरी सत्ता गठबन्धन सक्रिय रहेको आरोप लगाउदै अध्यक्ष ओलीले भने ‘जनताको सार्वभौम मताधिकार त्यसलाई खोस्ने, भोट खसाउन नदिने, प्रकारका षडयन्त्र प्रपञ्च गरिरहेका छन् । पैसाको खोलो बगाएका छन्, राज्य संयन्त्रको दुरुपयोग गर्ने त्यस कुकर्ममा यिनीहरू लागिरहेका छन् । देशलाई भिडन्ततर्फ लगिरहेछन् ।’

ओलीको आजको सम्बोधनमा एकप्रकारको हतास मनस्थिति झल्किन्थ्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्