टि- २० विश्वकप क्रिकेट: न्युजिल्याण्डसँग अष्ट्रेलिया पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

टि- २० विश्वकप क्रिकेट अन्तरगत आज भएको सुपर १२ को पहिलो खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई ८९ रनको फराकिलो अन्तरले हराएको छ । न्युजिल्याण्डका लागि विकेटकिपर ब्याट्सम्यान डेवोन कन्वेले ९२ रन बनाए । त्यस्तै ओपनर फिन अल्लेनले ४२ रन बनाएका थिए ।

२०१ रनको बिसाल लक्ष पच्छ्याएको अष्ट्रेलिया १११ रनमानै समेटियो । ग्लेन म्याक्स्वेल ले २८ रन बनाउनु बाहेक कसैले राम्रो प्रदर्शन गर्न सकेनन् ।

- Advertisement -
Ad image

न्युजल्याण्डका लागि टिम सौथी र मिचेल संटनेर ले समान ३ विकेट लिए ।त्यस्तै ट्रन्ट बोल्ट ले २ विकेट लिए । टिम सौथीले २.१ ओभर बलिंग गर्दै जम्मा ६ रन दिएर ३ विकेट हात पारे ।

अहिले अफगानिस्थान र इंग्ल्याण्ड बीच खेल भइरहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्