विराटनः विराटनगर भन्सार कार्यालयले यात्रु शाखामा चेकजाँचलाई कडा बनाएपछि एक हप्तामै राजस्व असुली दोबरले बढेको छ। विराटनगरसँग जोडिएको पारिको बजार जोगबनीमा खाद्यवस्तुदेखि विभिन्न प्रकारका सामान किनमेलमा दिनहुँ उल्लेख्य संख्यामा नेपाली आउजाउ गर्ने भएकाले भन्सारले यात्रु शाखालाई कडा बनाएको हो।
महँगा सामान ल्याएमा कर तिरेर मात्रै लैजान दिने गरेको र पारिबाट किनमेल गरी ल्याएका मालवस्तुको राजस्व भन्सारले अनिवार्य रूपमा तिराएपछि एक हप्तामै डबल राजस्व वृद्धि भएको हो। यात्रु शाखामा कडाइसँगै राजस्व असुली दुई गुनाले वृद्धि भएको छ। भन्सार कार्यालयका अनुसार पारिबाट आउने हरेकलाई नाकामा चेकजाँच कडा पारिएको छ।
विराटनगर(जोगबनी नाका अन्तर्गत पर्ने यात्रु शाखा नै पहिले विराटनगरको मुख्य नाका थियो। तीन वर्षअघि विराटनगर भन्सार पुरानो ठाउँबाट केही पर आइसीपीमा सरेपछि रानी नाकालाई यात्रुका लागि मात्र प्रयोग गर्न दिइएको छ।
उपभोग्य तथा दैनिक घरेलु प्रयोगका सामान भन्दै महँगा मालवस्तु ल्याउनेसँग भन्सारले कर असुली बढाएको छ। साथै, स्थानीयलाई प्रयोग गरेर पनि भन्सारबाट सामान तस्कर हुन्छ । त्यसको लागि धेरै जसो खोलाको बाटो र साइकलबाट ओसारप्रसार गरिरहेका हुन्छन् ।


प्रतिक्रिया दिनुहोस्