निर्वाचन जित्न गोली ठोक्नु परे,पहिलो गोली म ठोक्नेछु : एमाले उम्मेदवार भगवती चौधरी

विपक्षीले धाँधली र दुश्प्रयास गरे पहिलो फायरिङ म खोल्नेछु । मर्ता क्या नहि कर्ता, अन्तिम अवस्थामा त्यस्तो चुनौती आयो भने म उमेदवार हुँ, म भन्छु त्यस्तो अवस्थामा पहिलो फायरिङ मैले नै गर्छु, छुरा खोप्नु पर्ने होकी के गर्ने हो, मै गर्छु ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

इटहरी (सुनसरी) । नेकपा (एमाले)की सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधिसभाकी उमेदवार भगवति चौधरीले पहिलो गोली आफूले चलाउने बताएकी छन् । इटहरी १४ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले यस्तो विवादास्पद र उत्तेजित अभिव्यक्ति दिएकी हुन् ।

उक्त कार्यक्रममा भगवती चौधरीले भनिन “विपक्षीले धाँधली र दुश्प्रयास गरे पहिलो फायरिङ म खोल्नेछु । मर्ता क्या नहि कर्ता, अन्तिम अवस्थामा त्यस्तो चुनौती आयो भने म उमेदवार हुँ, म भन्छु त्यस्तो अवस्थामा पहिलो फायरिङ मैले नै गर्छु, छुरा खोप्नु पर्ने होकी के गर्ने हो, मै गर्छु ।” उनले थपिन  “जनताको अभिमतलाई सुरक्षित रुपले परिणाम निकाल्न नदिने त्यस्तो काम गरियो भने त्यसको जवाफ दिन हामी तयार छौँ, भोलि पर्सि हुन्छ भने पनि, गोली नै ठोक्नु पर्यो भने, छुरा नै हान्नु पर्यो भने भगवती चौधरी तयार छु ।”

- Advertisement -
Ad image

 भगवती चौधरी गैरसरकारी संस्था मार्फत उक्त निर्वाचन क्षेत्रमा सक्रिय रहेकी छन् । उनलाई दात्रेई निकायको आशिर्वाद रहने गरेको स्थानीय बताउछन् ।

यस अघि भगवती चौधरी कांग्रेसका विजयकुमार गच्छदारसँग दुईपटक पराजित भइसकेकी छन् । यो पटक पनि गच्छदार नै सत्ता गठबन्धनबाट उम्मेदवार बनेका छन् । यस अघिको निर्वाचनमा विजय गच्छदारले धादली गरेर हराएको आरोप अहिलेपनि भगवती लगाउदछिन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्