करिब २० प्रतिशत बढ्यो रेमिट्यान्स: दुई महिनामा भित्रियो १ खर्ब ८७ अर्ब

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेपालमा पछिल्लो दुई महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले निकालेको पहिल्लो दुई महिनाको तथ्याङ्कअनुसार रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भएको हो । उक्त तथ्याङ्कअनुसार रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भएर १ खर्ब ८७ अर्ब ४ करोड भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ५.८ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स ११.३ प्रतिशतले वृद्धि भएर १ अर्ब ४७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । वैदेशिक रोजगारमा जानको संख्या बढेको कारण रेमिट्यान्स बढेको हो ।

- Advertisement -
Ad image

राष्ट्र बैंकका अनुसार पछिल्लो दुई महिनामा वैदेशिक रोजगारमा जनेको संख्या १६९.९ प्रतिशतले बढेको छ । दुई महिनामा १ लाख ३ हजार ८९८ जनाले स्वीकृति लिएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्