मेन्युको मूल्य र बिलको रकम फरक परे कारबाही गर्ने वाणिज्य विभागको चेतावनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ कार्तिक २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबै होटल, रेष्टुरेण्ट तथा बार व्यवसायीले मेन्युको मूल्य र बिलको रकम फरक परे कारबाही गर्ने चेतावनी दिएको छ ।

विभागले नियमानुसार उपभोक्ताले तिर्नुपर्ने सबै किसिमका सेवा शुल्क तथा कर रकम सहितको अन्तिम उपभोक्ता मूल्य उल्लेख गर्न निर्देशन दिएको छ ।

- Advertisement -
Ad imageAd image

बिहीबार विभागका तर्फबाट निर्देशक होमनाथ भट्टराईले एक विज्ञप्ति जारी गर्दै होटल, रेष्टुरेण्ट तथा बार व्यवसायीलाई मेन्युमा राखेको मूल्य नै अन्तिम मूल्य भएको स्मरण गराउँदै सोही बराबरको रकम लिन निर्देशन दिएका हुन् ।
निर्देशक भट्टराईका अनुसार बुधबार मात्रै होटल, रेष्टुरेण्ट तथा बार व्यवसायीलाई विभागमै बोलाएर छलफलसमेत गरिएको थियो । व्यवसायीका छाता संगठनका प्रतिनिधिलाई बोलाएर गरिएको छलफलपछि व्यवसायीले पनि आफ्नो मेन्युमा सुधार गर्ने र मेन्युमा उल्लेख भएको रकम मात्रै लिने प्रतिवद्धता जनाएको निर्देशक भट्टराईले बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३ मा उल्लिखित उपभोक्ता अधिकार अन्तर्गत प्रत्येक उपभोक्तालाई आफूले उपभोग गर्न चाहेको वस्तु वा सेवाको उपभोक्ता मूल्यबारे पूर्व सूचित हुने अधिकार रहन्छ ।

मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम १४ ख अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिले आफ्नो प्रदर्शनी कक्षा बिक्री कक्ष, होटल, रेष्टुरेण्ट, बार, कारोबारस्थल वा आपूर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको बिक्री मूल्य ९ट्याग प्राइस, मेन्यु प्राइस र सेल्फ प्राइस० मा कर सहितको मूल्य उल्लेख गर्नुपर्ने व्यवस्था छ ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्