काठमाडौँ – एमाले अध्यक्ष केपी ओलीले निर्वाचनपछि वृद्धभत्ता पाँच हजार पुर्याउने आश्वासन दिएका छन् । झापाको दमकमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले नेतृत्वको सरकार बनेपछि वृद्धाभत्ता बढाएर पाँच हजार पुर्याउने आश्वासन दिएका हुन् ।
‘हामीले एक सयबाट सुरु गरेको वृद्धभत्ता चार हजार पुगेको छ । चुनावपछि एमाले सरकार बन्छ र त्यसले पाँच हजार पुर्याउँछ,’ उनले भने, ‘हामीले सबै क्षेत्रमा असाधारण काम गरेका छौँ, कर्मचारीको तनखा २५ प्रतिशत बढेको इतिहास सायद थिएन, तर हामीले बढायौँ ।’ ओलीले ४ मंसिरको चुनावपछि पनि राप्रपा र जसपालाई जोगाउने दायित्व एमालेको भएको समेत बताए ।
‘यो चुनावी तालमेल चुनावसम्मलाई मात्र होइन, चुनावभन्दा पछिसम्म हो । सरकार बनाउँदा पनि उहाँहरूलाई हामी साथै लिएर जान्छौँ,’ उनले भने, ‘किनभने उहाँहरूलाई एमालेको साथ किन लागिस् भनेर पनि हमला गर्न सक्छन् । त्यसबाट उहाँहरूलाई हामीले जोगाउनुपर्छ । हामीले उहाँहरूको साथ लिएका छौँ, साथ दिएका छौँ ।’


प्रतिक्रिया दिनुहोस्