काठमाडौं–बिहीबार अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। दसैं देखि यता १३२ रुपैयाँ २ देखि ८ पैसाको बिचमा बसेको डलर आज १३३ रूपैयाँ १४ पैसा पुग्दा नेपाली रुपैयाँ भने अहिलेसम्मकै कमजोर सावित भएको छ।
रेमिटेन्स पठाउनेले बढी मूल्य पाउँछन्। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ।
डलरको मूल्यवृद्धिले नेपाललाई फाइदा भन्दा बढी नोक्सान हुने छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। भारत तथा तेस्रो मुलुकबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान आयात गर्दा महँगो पर्ने देखिन्छ । डरलको भाउ बड्दा नेपालीको चुलो देखि हरठाउँमा महँगो हुने छ । नेपालबाट निर्यात हुनु भन्दा बढि आयात हुने भएकाले डलरको भाउ घटबढले नेपाली अर्थतन्त्रमा ठूलो प्रभाव पार्छ ।
अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा; महँगी बढ्ने

प्रतिक्रिया दिनुहोस्