नवौं राष्ट्रिय खेलकुद आज सकिँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज (बिहीबार) सकिँदैछ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उदघाटन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा बिहीबार विशेष समारोहका बीच समापन गरिनेछ ।

समापनमा समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति हुनेछ ।

- Advertisement -
Ad image

पोखरा रंगशालामा पुरुष फुटबल फाइनल खेलपछि ४ बजे समापन समारोह सुरु हुनेछ । यस्तै सहभागी टिमको मार्चपास, प्रकाश सपुत र मिलन नेवाको सांगीतिक प्रस्तुती पनि रहनेछ ।

समापन समारोहमा दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिने छ । दशौं संस्करण २०८१ सालमा आयोजना हुनेछ ।

नवौं राष्ट्रिय खेलकुदमा ११ टिमका ६ हजार बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्