अवैध रुपमा ल्याइएको ८ सय ४० बोरा चिनीसहित ट्रक नियन्त्रणमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – सशस्त्र प्रहरीले पश्चिम नवलपरासीमा ‘अवैध’ चिनीसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । प्रतापुर गाउँपालिका–२ र रामग्राम नगरपालिका–५ स्थित भैरहवा–परासी राजमार्गबाट बुधबार करिब ९० लाख रुपैयाँबराबरको ८४० बोरा अवैध चिनीसहित ती ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

ना६ख २१९७ र लु१ख ९८७१ नम्बरको ट्रकमा लोड गरिराखेको उक्त चिनी र ट्रक बरामद गरिएको हो । बरामद गरिएको चिनी र ट्रक आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

- Advertisement -
Ad image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्