एमाले उम्मेदवार कांग्रेस प्रवेश

कांग्रेस प्रवेशको अवसरमा महतोले एमालेभित्र तानाशाही प्रवृत्ति रहेको र मधेसी जनता तथा कार्यकर्तालाई भ्रममा राखेर नेताहरुले राजनीतिक स्वार्थ पूरा गरिरहेको कारण आफू असन्तुष्ट भएर एमाले परित्याग गरेको बताइन् ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

नेकपा एमालेबाट मधेस प्रदेशसभातर्फ समानुपातिक उम्मेदवार रहेकी फूल कुमारी महतो नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । उनलाई धनुषा–४ मा सत्तागठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् ।

कांग्रेस प्रवेशको अवसरमा महतोले एमालेभित्र तानाशाही प्रवृत्ति रहेको र मधेसी जनता तथा कार्यकर्तालाई भ्रममा राखेर नेताहरुले राजनीतिक स्वार्थ पूरा गरिरहेको कारण आफू असन्तुष्ट भएर एमाले परित्याग गरेको बताइन् । साथै उनले लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने एकमात्र पार्टी कांग्रेस रहेको महसुस गर्दै आफू कांग्रेसमा प्रवेश गरेको बताइन् ।

- Advertisement -
Ad imageAd image

महतो अखिल नेपाल महिला संघको सचिवालय सदस्यसमेत थिइन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्