चितवन १ मा कांग्रेसका बागीद्वारा विश्व पौडेललाई समर्थन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – चितवन १ का बागी उमेदवार राजेन्द्र प्रसाद बुर्लाकोटीले विश्व पौडेललाई समर्थन गर्ने भएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी उमेदवारी दिएका बुर्लाकोटीले गठबन्धनका आधिकारिक उमेदवार पौडेललाई समर्थन गर्दै उमेदवारी फिर्ता लिएका हुन् ।

बुर्लाकोटीले सोमबार विज्ञप्ति जारी गर्दै उमेदवारी फिर्ता लिएका हुन् । विज्ञप्तिमार्फत उनले चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उमेदवारी दर्ता गराए पनि जीवनभर नेपाली कांग्रेसप्रति गरेको त्याग, सघर्ष र हिहिनेतका कारण स्वतन्त्र उमेदवार बनेर चुनाव लड्न नसक्ने उल्लेख गरेका छन् । उनले आफ्नो उमेदवारी निष्क्रिय भएको उल्लेख गर्दै उनले आफू गठबन्धन जिताउन लागि पर्ने बताएका छन् ।

- Advertisement -
Ad image

निर्वाचन आयोगले दिएको समयमा उमेदवारी फिर्ता नलिएकाहरुलाई कांग्रेसले सोमबार ९आज०सम्म विज्ञप्तिमार्फत उमेदवारी फिर्ता लिन निर्देशन दिएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: