काठमाडौं–नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन परिचालन समिति गठन गरेका छन् । कांग्रेसको विधान अनुसार आइतबार ११० सदस्यीय “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति” गठन गरेको जानकारी दिएको छ ।
कांग्रेस केन्द्रीय पार्टी कार्यालयका सचिव कृष्ण प्रसाद पौडेलका अनुसार देउवाले मंसिर ४ गते हुने निर्वाचनका लागि केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन समिति गठन गरेको बताए ।






प्रतिक्रिया दिनुहोस्