बेपत्ता भएका कोशोर-किशोरीको एउटै खाडलमा पुरिएको अवस्थामा शव फेला

तुलसीपुर उपमहानगरपालिका–१३ का शरद आचार्य र रोशनी महताराको शव जनकल्याण सामुदायिक वनमा गाडेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दाङका डीएसपी पुष्पराज मल्लले जानकारी दिए।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० आश्विन २०७९, आईतवार
1 Min Read
Aa

दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा दुईजनाको शव फेला परेको  छ।

असोज २७ गते राति आ–आफ्नै घरबाट बेपत्ता भएका तुलसीपुर  उपमहानगरपालिका– १३ दमारगाउँमा १४ वर्षीय शरद आचार्य र  १५ वर्षीया रोशनी महतराको शव रहेको प्रहरीले बताएको छ।

- Advertisement -
Ad image

तुलसीपुर उपमहानगरपालिका–१३ का शरद आचार्य र रोशनी महताराको शव जनकल्याण सामुदायिक वनमा गाडेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दाङका डीएसपी पुष्पराज मल्लले जानकारी दिए।

असोज २७ गते रातिदेखि बेपत्ता शरद र रोशनी खोज्ने क्रममा  गाउँलेले जंगलमा रोशनीको कपडा भेटेपछि प्रहरीलाई खबर गरेका थिए।

उनीहरूको हत्या पश्चात खाल्डो खनेर गाडेको हुनसक्ने प्रहरीको अनुमान छ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले घोराहीबाट एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्