गरिबी हटाउने मौका आएको छ सदुपयोग गर्नुपर्छ: प्रधानमन्त्री देउवा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गरिबी हटाउने मौका आएको छ सदुपयोग गर्नुपर्ने बताएका छन ।

काठमाडौँ –२ मा गठबन्धनले आइतबार काँडाघारीमा गरेको प्रशिक्षण कार्यक्रममा देउवाले  यस्तो बताएका हुन ।देउवाले मिलेर निर्वाचन लड्ने, लोकतन्त्रको सुदृढीकरण गर्ने र गरिबी हटाउने मौका आएकाले मौकाको सदुपयोग गर्नुपर्ने धारणा राखे । उनले गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नुपर्नेमा जोड दिए ।

- Advertisement -
Ad image

देउवाले ओनसरीलाई जिताउन काँग्रेस नेता कार्यकर्ता र काठमाण्डौं क्षेत्र नम्बर–२ का मतदातालाई अपिल गर्दै उनले सो क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री देउवाले निर्वाचनमा कुनै पनि पार्टीको एकल बहुमत नआउने भएकाले तालमेल गरिएको बताए ।

उनले देशमा प्रतिगमनको खतरा अझै पनि रहेको भन्दै राजनीतिक स्थायित्वका लागि सबै पार्टीहरु एक हुन जरुरी रहेको र त्यसैका लागि गठबन्धन गरिएको बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्