नवौं राष्ट्रिय खेल: महिला बास्केटबलमा बागमतीको जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला बास्केटबल प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा बागमतीले गण्डकीलाई ६७–४३ अंकको अन्तरमा पराजित गरेको हो । प्रतियोगिता लिग चरणमा खेलाइएको प्रतियोगिताको पहिलो चरणमा बागमतीले २५–५ को फराकिलो अन्तर बनाएको थियो ।

- Advertisement -
Ad image

यसै गरी बागमतीले दोस्रो चरणमा १३–८, तेस्रो चरणमा २०–१४ को अन्तर कायम गर्यो । चौथो चरणमा गण्डकीले १६–९ को अन्तर बनायो ।

खेलमा गण्डकीकी सीमा गर्वुजाले सर्वाधिक १६ अंक जोडेकी थिइन् । यसअघिको खेलमा बागमतीले प्रदेश–१ लाई ७५–२४ को अन्तरमा जित हासिल गरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्