काठमाडौं– ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगोसहित ठगी र संगठित अपराधको मुद्दा अदालतमा सिभिल सहकारीका अध्यक्ष एवं पूर्वसभासद इच्छाराज तामाङसहित तीन जनालाई सम्पती शुद्धीकरण मुद्दामा थुनामा नै राखेर अनुसन्धान गर्न विशेष अदालतले आदेश दिएको छ। अदालतमा हाजिर भएका तामाङ, उनकी श्रीमती सिर्जना तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा राख्न आदेश दिएको हो।
ठगी र संगठित अपराध कसुरमा थुनामा रहेका सिभिल सहकारीका अध्यक्ष एवं पूर्व सभासद इच्छाराज तामाङसहित ६ जनाविरुद्ध ५ अर्ब ६७ करोड ५५ लाख २४ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको थियो।
तामाङले मात्र ३ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ गैरकानुनीरूपमा आर्जन गरेको विभागको तथ्याङ्क छ।विभागले विशेष अदालतमा तामाङविरुद्ध मुद्दा दर्ताको गरेको हो। तामाङकी श्रीमती सृजना शाक्य तामाङ, छोरीहरु प्रतीक्षा र प्रतिष्ठा तामाङ, केशवलाल श्रेष्ठ र मिनाकुमारी श्रेष्ठविरुद्ध मुद्दा दायर छ।
पुसमा जिल्ला अदालत काठमाडौंले तामाङलाई ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको थियो। तामाङ लगायत ४२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो।


प्रतिक्रिया दिनुहोस्