काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पनि पदभार ग्रहण गरेका छन् । कार्कीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन मन्त्रालयको समेत जिम्मेवारी दिएका हुन्। यसअघि कानुनमन्त्री गोबिन्द बन्दी कोइराला रहेका थिए ।
संसद्मा पेस भएका र पेस हुन नसकेका विधेयकहरूलाई निर्वाचनपछि गठन हुने संसद्मा पेस गर्न सहज हुने तरिकाले मैले आवश्यक गृहकार्य गर्ने कार्किले बताए।
कार्कीले स्वतन्त्र न्यायपालिकाप्रति आफ्नो सदैव सम्मान रहेको बताउँदै वर्तमान सरकार निष्पक्ष, शान्तिपूर्ण र विधिसंवत्रूपमा निर्वाचन सम्पन्न गर्नेतर्फ केन्द्रित रहेको पनि बताएका छन् । मंसिर ४ गतेको चुनावपछि गठन हुने सरकारले मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने उनको विश्वास छ।
संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानुन मन्त्रालय सम्हाले

प्रतिक्रिया दिनुहोस्