सत्यमोहन जोशीको अवस्था चिन्ताजनक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ आश्विन २०७९, शुक्रबार
0 Min Read
Aa

कठमाडौँ – शताब्दी पुरुष सत्य मोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको अस्पतालले जनाएको छ । किष्ट अस्पतालले आज जारी गरेको प्रेस विज्ञप्तिमा उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेकाले औषधि चलाए पनि काम नगरेकाले उनको अवस्थामा सुधार नभएको उल्लेख छ ।

आजदेखि एल्बुमिन रिप्लेसमेन्ट गर्न उनलाई औषधि चलाइएको अस्पतालले जनाएको छ । निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेंगी संक्रमण देखिएपछि जोशी २२ दिनदेखि उपचारत छन् ।

- Advertisement -
Ad image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्