नवौं राष्ट्रिय खेलकुद: नेपाल प्रहरीको पुरूष हक्की टिमको विजयी सुरूआत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

कठमाडौँ – पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत शुक्रबार भएको पुरूष हक्की खेलमा नेपाल पुलिस क्लबले समूह चरणको पहिलो खेल खेल्दै विजयी सुरूआत गरेको छ ।

पोखरास्थित गौरीशंकर खेल मैदान ह्‍याम्जामा भएको खेलमा नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेलमा कर्णाली प्रदेशलाई ६–० गोल अन्तरले पराजित गरेको हो ।

- Advertisement -
Ad imageAd image

नेपाल पुलिस क्लबका लागि नरेन्द्र कार्कीले ३ गोल, गणेश सिंह ठगुन्नाले १ गोल, महेश धामीले १ गोल र शशी दर्लामीले १ गोल गरेका थिए ।

दुई समूहमा विभाजित पुरूष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लब समूह ‘बि’ मा रहेको छ । जसमा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेश रहेका छन् । नेपाल पुलिस क्लबले समूह चरणको अर्को खेल वाग्मती प्रदेशसँग असोज ३० गते खेल्नेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: