गोविन्द केसीसँगको सहमति अनुमोदन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ –
सरकारले डा. गोविन्द केसीबीच स्वास्थ्य क्षेत्रको पुर्वाधार विकास र सुधारका विषयमा गरेको सहमतिपत्र कार्यान्वयन गर्ने निणर्य गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सरकारी वार्ता टोली र केसीबीच ८ असोजमा भएको सहमतिपत्र अनुमोदन गर्ने निणर्य गरेको हो ।

बैठकले ८ असोजमा डा.केसीसँग भएको सहमतिपत्र अनुमोदन गर्ने निणर्य गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । स्वास्थ्य क्षेत्रको विकास र सुधारकालागि भन्दै डा. केसीले पटक-पटक आन्दोलन गर्दै आइरहेका छन् ।

- Advertisement -
Ad image

यसपटक पनि डा. केसीले विभिन्न सात बुँदे माग राखेर आमरण अनसन थालेका थिए । त्यसबीचमा सरकारी वार्ता टोली र केसी पक्षबीच ८ असोजमा १० बुँदे सहमति भएपछि उनको अनसन तोडिएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्