राप्रपाका सिद्धार्थनगर सभापति चन्द्रभक्त श्रेष्ठ कांग्रेसमा प्रवेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सिद्धार्थनगर नगरपालिकाका सभापति चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गृहमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण र जिल्ला सभापति रामकृष्ण खाँणले शुक्रबार बिहान उनलाई पार्टीको सदस्यता प्रदान गरे ।

उनी नेवा खलः सिद्धार्थ नगर समितिको उपाध्यक्ष पनि हुन् । लुम्बिनी विकास कोषमा काम गरिसकेका श्रेष्ठ प्राकृतिक चिकित्सा विज्ञानमा समेत दख्खल राख्छन् ।

- Advertisement -
Ad imageAd image

पार्टी प्रवेश गरेलगत्तै उनलाई कांग्रेस रुपन्देहीको आमन्त्रित जिल्ला सदस्यमा नियुक्त गरिएको जिल्ला सभापति खाँणले बताए । उनी नेकपा ९एमाले०को समर्थनमा राप्रपाका तर्फबाट उमेदवार रहेका दीपक बोहोराको चुनावी प्रचार सहयात्री थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्